७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

जुङ्गे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त

जुङ्गे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त
अ+ अ-

राँझा, (बाँके) । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति भइरहेको छ ।

आगामी शिवरात्रीमा दर्शनार्थीले पूजा गर्न पाउने गरी काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट बताउनुहुन्छ । “नेपालकै ऐतिहासिक मन्दिरको रूपमा रहेको जुङ्गे महादेव मन्दिरलाई धार्मिक पर्यटक आकर्षित गर्ने गरी स्तरोन्नति तथा पुन:निर्माण भइरहेको छ । जुङ्गे महादेव मन्दिर पुन:निर्माणसँगै बागेश्वरी मन्दिर परिसर पनि थप आकर्षक बन्ने छ”, उहाँले भन्नुभयो ।

मन्दिर र पुल निर्माणका लागि विसं २०७९ चैत २ गते रु एक करोड आठ लाख ७३ हजार आठ सय ९९ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ गतेसम्म म्याद थपिएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर भूपेन्द्र बोहराले पुलको ढलान र पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको र तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान, फ्लोरिङ, रङ्गरोगन र अन्य काम बाँकी रहेका बताउनुभयो ।

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरोन्नति गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुङ्गे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै कुनामा थन्क्याइएको छ । समयमा काम सम्पन्न नहुँदा भक्तजनलाई समस्या भइरहेको नेपालगञ्जका अगुवा ऋषिराज देवकोटाको गुनासो छ ।

नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पुन:निर्माणको काममा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएकाले अब समय सीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो । “यो बागेश्वरी मन्दिरको आकर्षण पनि हो तर समयमा निर्माण नहुँदा समस्या भइरहेको छ । त्यसैले उपमहानगरले अब तोकिएकै समयमा काम हुने गरी आवश्यक समन्वय गर्न आवश्यक छ”, उहाँले आग्रह गर्नुभयो ।  रासस