१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सांसद झाको प्रश्नः सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?

सांसद झाको प्रश्नः सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताउनु भयो । उहाँले प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि प्रश्न गर्नुभयो । उहाँले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरुलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘लोकतन्त्रको पाँचवटा आधारभुत सिद्धान्तमा पहिलो वाक स्वतन्त्रता हो । एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो । आफ्नो सांगठनिक केही चुनौतीहरु अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र ? हामीलाई त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरुले सभ्यता सिकाउनु हुन्छ भने आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिला सिकाउनुस् त्यो कुरा ।’

उहाँले आफूहरुलाई सभ्यता सिकाउनेहरुले आफ्नै नेताहरुलाई सिकाउन आग्रह गर्नुभयो ।