२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता पाएको भोलिपल्टै प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउँदै प्रकाश तामाङ ‘काले’



अ+ अ-

काठमाडौँ । प्रकाश तामाङ ‘काले’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न काठमाडौँ हिँडेका छन् ।

नागरिकता प्राप्त गरेको भोलिपल्टै प्रकाश प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आउन लागेका हुन् । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका तामाङले आइतबार नागरिकता पाएका थिए ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि त्यहीँ बसेका थिए । प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको थियो ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ नामक एपिसोड सार्वजनिक भएसँगै प्रकाश चर्चामा आएका थिए ।

तस्बिरः राजेन्द्र शेष्ठ