२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशले पाए नागरिकता



अ+ अ-

काठमाडौँ । प्रकाश तामाङ ‘काले’ले अन्ततः नागरिकता प्राप्त गरेका छन् । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका तामाङले आइतबार नागरिकता पाएका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि त्यहीँ बसेका थिए । प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रदान गरिएको छ ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको थियो । प्रकाश प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउने तयारीमा छन् ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ नामक एपिसोड सार्वजनिक भएसँगै प्रकाश चर्चामा आएका थिए ।