२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनर्निर्माण 

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनर्निर्माण 
अ अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुन:निर्माण भएको छ ।  करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण  समेत गरिएको थियो ।

बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुननिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो । उहाँका अनुसार रु २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुन: निर्माण भएको हो ।  “मन्दिर पुुननिर्माणका लागि रु। १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु। १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भन्नुभयो “रु। चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, रु। एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौ ।”रु दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्दिर पुन:निर्माणका लागि सो सडक आयोजनाले सहमति अनुसार थप रु। एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।

अन्नपूूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१र ८२ मा रु। पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मुर्ति राख्न बाँकी छ ।

मन्दिरभित्र हिन्दु धर्मावलम्बीहरुका भगवान् रामको मुर्ति राखिसकिएको छ ।  घेराबार र हनुमानको मुर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।  हिन्दुु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालीग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूर्ण गाउँपालिकाको केन्द्र समेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो ।  रासस