• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा ★   क्यानडासँग नेपालको लज्जास्पद हार ★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौं: मन्त्री गुरुङ



सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरुले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताउनु भयो । मन्त्रीहरु, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साँच्चिकै नियममा, ओहदामा बस्ने सरकारको प्रवक्ताले भनेको अनुसार रहेर हामीले २४ घण्टामभित्रै सुन्छौँ भन्नेलाई मर्का पक्कै परेको छ । मेरो मनमा पनि प्रश्न उठेको छ । यो हाम्रो समस्या हो । क्याबिनेटमा भएको मन्त्रीपरिद्को प्रवक्ताले यस्तो कुरा भनेको छैन । मैले भन्नै मिल्दैन । हाम्रो नियम, पद्धतिले नभन्नु भनेको छ । तर चुह्यो । चुह्यो त पक्कै मन्त्रीहरुबाट, मुख्यसचिव, सहसचिवहरुबाट चुह्यो । अब समस्या समाधान हुँदै जान्छ । बासी न्युज पर्खिनुपर्ने र फ्रेस न्युज अरुले पाउने कुराको अन्त्य गर्नेछौँ । यो पद्धति कायम गर्ने पक्षमा छौँ । शुरुका दिनमा केही समस्या भएपनि हामी समाधान गर्दै जान्छौँ ।’

उहाँले शुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताउनु भयो ।