• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा ★   क्यानडासँग नेपालको लज्जास्पद हार ★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट

बागमती प्रदेशसभा बैठक: एक विधेयक सर्वसम्मतिले पारित



मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विभिन्न समितिमा सदस्य हेरफेर गरिएको प्रस्तावसमेत् उक्त बैठकले अनुमोदन गरेको छ ।

प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ सदस्यमा थपिनुभएको छ ।

त्यसैगरी सार्वजनिक लेखासमितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरणमन्त्री केशव पोखरेल र स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान समावेश हुनुभएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि आजको बैठक स्थगित गर्नुभएको छ ।