• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा ★   क्यानडासँग नेपालको लज्जास्पद हार ★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट

सरकारले कारागारका बालबालिकालाई राम्रो विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छ: काँग्रेस सांसद प्रसाईं



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रसकी सांसद सरिता प्रसाईंले कारागारमा रहेका आश्रित बालबालिकाहरुलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको सरकारी डाटा उल्लेख गर्दै उहाँले उनीहरुलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले थोरै संख्यामा रहेका ती बालबालिकाहरुलाई राज्यले बाहिरनै राखेर पठनपाठनको व्यवस्था गर्न सके राम्रो सांसद प्रसाईंको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘कारागारमा ७६ जना आश्रित बच्चाहरु रहेछन् । त्यो ७६ जना आश्रित बच्चाहरुलाई हामीले बाहिर ल्याएर राम्रो स्कुलमा बढाउन सक्छौं । यो व्यवस्था गर्न सकिन्छ कि । त्यसले गर्दा त्यो माहौलबाट बच्चाहरु बाहिर आउछन कि रु भन्ने मेरो एउटा सुझाव छ ।’

सांसद प्रसाईंले ज्यानमार्ने उद्योग अन्तर्गतको कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बसेको बैठकमा उहाँले अन्य कैदीहरु र उनीहरुबीच झडप हुने स्थिति समेत हुने भएकाले उनीहरुलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो ।