• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा ★   क्यानडासँग नेपालको लज्जास्पद हार ★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट

गृहमन्त्री लेखकलाई रवि लामिछानको सुझाव: मिडिया ट्रायल गृह मन्त्रालका लागि घातक छ, बच्नुस्



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गर्नुभएको छ ।

बुधवार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति हुुनुभएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नि:वर्तमान गृहमन्त्री समेत रहनुभएका उहाँले मिडिया ट्रायक गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गर्नुभएको हो ।

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिनुभयो । उहाँले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताउनु भयो । सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्य बच्नुहोला । हुनत तपाईलाई माया गर्नेहरु अलि बढी छन् । मैले त खरो भएर होला सकिन । तपाई सक्नुहोला । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् । संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिष्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोशिस हुन्छ कि विजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरु ह्वाटसेपमा पठाएको छ । छातिभरी फुलीनै फुली छ । मिडियाले थुरुरु कमाईदिएको छ । यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहौल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ ।’

‘त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ । त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईलाई ट्रायल क्रियट गरिदिन्छ । र त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ । प्रहरी सक्षम छ, क्षमतावान छ । अब तपाईहरुसँग तागत पनि छ, शाहस पनि छ । प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानविन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ । त्यसकारण अन्तिममा म के भनेर यसलाई टुंग्याउन चाहन्छु भने राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ । मैले केही कोशिसहरु अवश्य पनि गरेको हुँ । धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन । तर एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ । मलाई विश्वास छ–ती राम्रा कामहरुको निरन्तरता यहाँहरुले दिनुहुनेछ । ’

सभापति लामिछानेले आफूले गृहमन्त्रीको रुपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गर्नुभयो ।