४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

अश्लील सामग्री भाइरल भएपछि ‘बिग बोस ओटीटी–३’ विवादमा

अश्लील सामग्री भाइरल भएपछि ‘बिग बोस ओटीटी–३’ विवादमा
अ+ अ-

एजेन्सी । भारतीय लोकप्रिय रियालिटी शो ‘बिग बोस ओटीटी’को तेस्रो सिजन हाल जियो सिनेमामा स्ट्रिम भइरहेको छ ।

लगातार झगडाका कारण यो शो विवादमा परेको थियो, यसैबीच शोका वर्तमान प्रतियोगी अरमान मलिक र उनकी श्रीमती कृतिका मलिकको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा दुवै जना घरमा रोमान्स गरिरहेको देख्न सकिन्छ । भिडियो भाइरल भएपछि शिवसेना नेतृ तथा पार्टी प्रवक्ता डा मनिषा कन्यान्देले बिग बोसका निर्माताहरूमाथि अश्लील सामग्री प्रस्तुत गरेको आरोप लगाएकी छन् र कानुनी कारबाहीको माग गरेकी छन् ।

विवादको बीचमा, जियो सिनेमाले एक आधिकारिक बयान जारी गरेको छ, जसमा निर्माताहरूले शोविरुद्ध लगाइएको आरोप निराधार भएको बताएका छन् ।

जियो सिनेमाको आधिकारिक विज्ञप्तिमा हालै भनिएको छ, ‘जियो सिनेमा एपले स्ट्रिम गरिएका सबै प्रकारका सामग्रीको गुणस्तरलाई नजिकबाट निगरानी गर्दछ, यसका लागि कडा प्रोग्रामिङ मापदण्ड र दिशानिर्देशहरू छन् । यसमा स्ट्रिम हुने हरेक प्रकारका विषयबस्तुमा त्यस्तो कुनै सामग्री छैन । प्रसारित गरिएको अश्लील सामग्री सहितको भिडियो क्लिप सम्पादन गरिएको र नक्कली हो । हामी जियो सिनेमाको अखण्डता र हाम्रा दर्शकहरूको विश्वासको रक्षा गर्छौं । यस्ता फेक भिडियोको आगमन ठूलो चिन्ताको विषय हो ।’

जियो सिनेमाले जारी गरेको विज्ञप्तिमा यो पनि स्पष्ट गरिएको छ कि जियो सिनेमाको टोली नक्कली भिडियो बनाउने व्यक्तिको खोजीमा छ । बिग बोस ओटीटीको छवि बिगार्ने व्यक्ति विरुद्ध कानुनी कारबाही गरिनेछ ।

बिग बोसको तेस्रो सिजन ओटीटी विवादले घेरिएको छ । केही समयअघि आफ्नी श्रीमती कृतिकामाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै अरमान मलिकले विशाललाई थप्पड हानेका थिए । अरमानलाई शोको एउटा महत्वपूर्ण नियम उल्लङ्घन गरेर पनि शोबाट हटाइएन, त्यसैले शोका फ्यानहरूले निर्मातामाथि विभेद गरेको आरोप लगाएका छन् ।