• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

यस गाउँका महिलाले साउनमा पाँच दिनसम्म लुगा लगाउँदैनन् !



एजेन्सी । साउन महिना सुरु भइसकेको छ । यस्तो अवस्थामा हिन्दु धर्ममा आस्था राख्ने मानिसहरु आफ्नो परम्परा अनुसार यस पवित्र महिनामा धेरै यस्ता कामहरु गर्छन्, उनीहरुको बारेमा थाहा पाएर तपाई छक्क पर्नुहुनेछ ।

भारतमा एउटा यस्तो गाउँ रहेको छ, जहाँ महिलाहरुले साउन महिनामा ५ दिनसम्म लुगा लगाउँदैनन् ।

यो भारतीय गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ । यस गाउँको नाम पिनी गाउँ हो । यो परम्परा यहाँ शताब्दीयौंदेखि चलिआएको छ । यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन लुगा लगाउँदैनन् ।

यही कारणले गर्दा यी पाँच दिनमा गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

हिमाचल प्रदेशको यो गाउँको इतिहास शताब्दीयौं पुरानो छ । त्यसैले यहाँ यस्ता धेरै परम्परा छन् जुन अन्यत्र कतै देखिँदैनन् । साउनमा पाँच दिन लुगा नलगाउने चलन पनि सदियौं पुरानो हो ।

वास्तवमा, कुनै समय यो गाउँमा राक्षसहरूको यति धेरै आतंक थियो कि गाउँलेहरूलाई बाँच्न गाह्रो भयो। दानवको आतंक बढेपछि लहुआ घोण्ड नामका देवता यस गाउँमा आए र दानवलाई मारेर गाउँलेलाई बचाए । भनिन्छ, गाउँमा दानव आएपछि राम्रा लुगा लगाएका महिलाहरूलाई लैजान्थे । यही कारणले आज पनि साउनको पाँच दिनमा महिलाहरूले पहिरन लगाउँदैनन् ।

पिनी गाउँमा हरेक महिलाले यो परम्परा पालना गर्दैनन् । तर यो परम्परा पालन गर्ने महिलाले यी पाँच दिनमा ऊनले बनेको पटका लगाउने गर्छन् । यो पाँच दिनमा महिलाहरु घरबाहिर निस्कँदैनन् । विशेषगरी गाउँका विवाहित महिलाहरूले यो परम्परा पालना गर्ने गरेका छन् ।

यो गाउँमा महिलाका लागि मात्रै नियम छ भन्ने होइन । साउन महिनामा पुरुषले मदिरा र मासु नखाने नियम छ । यी विशेष पाँच दिनहरूमा यो परम्परा पालना गर्न सबैभन्दा महत्त्वपूर्ण छ ।

यो परम्परा अनुसार यी पाँच दिनमा श्रीमान्–श्रीमतीले एकअर्कालाई हेरेर मुस्कुराउन पनि सक्दैनन् । घुम्न मन छ भने यो गाउँ जान सक्नुहुन्छ । तर, साउनका यी पाँच दिनमा यो गाउँमा प्रवेश पाउने छैन । गाउँलेहरूले यी पाँच दिनलाई अति पवित्र मानेर चाडपर्वको रूपमा मनाउने गर्छन् । यस्तो अवस्थामा उनीहरुले यी पाँच दिनमा आफ्नो गाउँमा कुनै बाहिरी व्यक्तिलाई प्रवेश गर्न दिँदैनन् ।