• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ हुनेगरी संविधान संशोधन हुन्छः देउवा



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमती गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएका विश्वासको मत सम्बन्धि प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताउनु भयो ।

उहाँले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरुबीच संवाद, सहमतीबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा सहमती भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता केपी शर्मा ओली नेपाली काँग्रेस समेतको समर्थनमा उहाँ विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रश्तुत हुनुभएको छ ।’

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले काँग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनु परेको बताउनु भयो ।