• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   चर्चामा चलचित्र ‘ज्वाइँ साब’ ★   धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर ★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी ★   नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन ★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम



काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा थेरावडा सङ्घ, महायाना सङ्घ र वज्रयान सङ्घले विधिपूर्वक प्रार्थना गरेका थिए । बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो । नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीच साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रुपमा चित्रण गरेको बताउनुभयो ।

नियोग उप–प्रमुखले श्रीवास्तवले शताब्दीयौँदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रुपमा रहेको धारणा राख्नुभयो । भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो ।

विहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ का रुपमा चिन्ने गरिन्छ ।