• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   चर्चामा चलचित्र ‘ज्वाइँ साब’ ★   धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर ★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी ★   नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन ★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त



वासिङ्टन डिसी । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त हुनुभएको छ ।

नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार युएसएआइडीको मुख्यालय डिसीमा उहाँको शपथ गराउनुभएको छ । कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाउनुभएको थियो ।

उक्त अवसरमा खरेलले युएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गर्नुभएको थियो ।