• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

अरु विपक्षी दलहरूलाई पनि एकीकृत गर्दै जनताको आवाजहरूलाई उजागर गर्न सही तरिकाले नेतृत्व गर्ने निष्कर्ष निकालेको उनले बताए ।