• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन ★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै ★   कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि ★   संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी ★   अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास ! ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना ★   भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, १९२ मत पाउने सम्भावना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विशवसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने छ । प्रधानमन्त्री ओलीले १ सय ९२ मत पाउने लगभग निश्चित जस्तै देखिएको छ ।

८८ सांसद भएको नेपाली काग्रेस, ७७ सांसद (देवराज घिमिरे–सभामुख र टोपबहादुर रायमाझी–निलम्बितबाहेक) भएको नेकपा एमाले, जसपा–७, जसपा नेपाल–५, जनमत पार्टी ६, लोसपा–४, नागरिक उन्मुक्ति पार्टी–४ र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै छन् । यी सबै मत जोड्दा १ सय ९२ मत हुन्छ ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको विपक्षमा पनि ७९ मत हुने देखिएको छ । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दलहरू माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसद्मा विपक्षी खेमामा एकजुट छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने भएका हुन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । यसैगरी १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, एक–एक सांसद भएका राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ मत ल्याउनुपर्छ ।