• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै ★   बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता ★   एमाले सांसदहरुको एकै स्वर – प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्ने ★   सरकार घोर अल्पमतमा पर्‍यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ: सांसद गैरे ★   भारतीय टोलीका यी खेलाडीहरु जसले एक खेल पनि नखेली ५–५ करोड लिनेछन् ★   तोलामा रु चार सयले घट्यो सुनको मूल्य ★   बागमती सरकारबाट बाहिरियो एमाले ★   दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन ★   ललितपुरमा ऐतिहासिक धारा पुन:निर्माण ★   दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बिहान नौ बजे बैठक बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर दाहालले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।