१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो



अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सकिएको छ ।

मंगलबार नयाँ बानेश्वरमा बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

मन्त्रालयले १९ मध्ये २ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गरिसकेको जानकारी दिएको छानबिन समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

बैठकपछि बोल्दै उनले भनिन्,‘समस्याग्रस्त भनेर तोकिएका १९ मध्ये १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखियो दुईवटाले रकम फिर्ता गरेको बुझियो । ब्रिफिङका क्रममा कानुनी जटिलतालगायतका विषयमा पनि कुराकानी भयो ।’

समितिको अर्को बैठक भोलि बस्ने न्यौपानेले बताइन् ।

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते छानबिन समिति गठन भएको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिईएको छ ।