• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

योग साधना सम्पन्न



काठमाडौँ । ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार यहाँ सम्पन्न भएको छ । काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताउनुभयो ।

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरुका लागि यसपटक अमृत योगको आयोजना गरिएको हो। साधना समापनका अवसरमा विभिन्न अट्ठाइस चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त बिष्टले बताउनु भएको छ । यसपटकको अमृत योगमा २२ जना सहभागी भएका थिए । सहभागिहरुले आफ्नो योगाभ्यासको अनुभव सुनाउदै आत्मिक शान्तिका साथै शारिरीक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरु हल भएकोले आफूले नियमित भाग लिदै आएको बताए ।

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यसप्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभइ यो जीवनशैली भएको बताउनुभयो । उहाँले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूणर् बन्दै गएको जीवनलाई क्रमश सहज बनाउँदै आइपर्ने समस्यालाई पनि त्यसै रुपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गर्नुभयो ।

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा हो भन्नुभयो । आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिनु भएको थियोे । सहभागीहरुले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नै छोडेर सन्यासी भएर हिड्नु पर्ने नभइ अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए । सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने पनि जानकारी दिइएको थियो ।