• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा

फ्यानको माया देखेर रोइन् कियारा आडवाणी



एजेन्सी । बलिउड अभिनेत्री कियारा आडवाणीले हालै बलिउडमा १० वर्ष पूरा गरेकी छिन् । यस अवसरमा अभिनेत्रीले फ्यान मिट आयोजना गरिन्, जहाँ उनी भावुक भइन् ।

यस भेटका केही तस्विर र भिडियोहरु अभिनेत्रीले सामाजिक सञ्जालमा फ्यानहरुसँग शेयर गरेकी छिन् । भिडियोमा फ्यानको माया देखेर कियारा रोइरहेकी छिन् ।

यो रिल सेयर गर्दै कियाराले लेखेकी छिन्, ‘१३ जुन २०१ ४। १० वर्ष बितिसक्यो तर हिजो मात्रै भयो जस्तो लाग्छ । मनमा, म अझै पनि उही केटी हुँ जो आफ्नो परिवारको लागि प्रदर्शन गर्न उत्साहित छु । र अब मेरो परिवार यति ठूलो भएको छ किनकि तपाईं सबै यसको एक हिस्सा बन्नु भएको छ । मलाई यति धेरै माया र आशीर्वाद दिनु भएकोमा म तपाईंहरू सबैप्रति आभारी छु ।’

कियाराले सन् २०१४ मा फिल्म ‘फग्ली’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यसपछि उनी ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’, ‘कलंक’, ‘कबीर सिंह’, ‘गुड न्यूज’, ‘शेरशाह’ र ‘भूल भुलैया २’ जस्ता फिल्ममा देखिइन् ।

पछिल्लो पटक उनी गत वर्ष रिलिज भएको कार्तिक आर्यनको फिल्म ‘सत्यप्रेम की कथा’ मा देखिएकी थिइन् ।

यस वर्ष कियारा शंकरको फिल्म ‘गेम चेन्जर’ मा देखिने छिन् जसमा उनको अपोजिट राम चरण हुनेछन् । यसबाहेक उनी ‘डन २’ र ‘वार २’ जस्ता प्रोजेक्टको पनि हिस्सा हुन् ।