१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल



अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । बिहीवार अपरान्ह संसद भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रीपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला । सांसदहरुको संसदप्रति रुची कम भएको होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आउनुभएको छ । तर नेपालले भने आफूलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।