• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

सन्दीपको भिसा फेरि पनि रिजेक्ट



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि पनि रिजेक्ट भएको छ ।

अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपको भिसा दोस्रो पटक पनि रिजेक्ट भएको हो ।

टी-२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपको आवेदन यसअघि पनि अस्वीकार भएको थियो ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले नोट पनि लेखेको थियो ।

तर, अमेरिकी दूतावासले  पुन:  भिसा दिन अस्वीकार गरेपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ ।

सन्दीपले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।