• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

सडक दुर्घटनामा कन्नड टेलिभिजन अभिनेत्रीको मृत्यु



एजेन्सी । चर्चित कन्नड तथा तेलुगु टिभी अभिनेत्री पवित्रा जयरामको सडक दुर्घटनामा मृत्यु भएको छ ।

पवित्रा बेंगलुरुबाट हैदरावाद जाँदै गर्दा उनको कार नियन्त्रण बाहिर गएर पहिले डिभाइडरमा ठोक्कियो र त्यसपछि बसले उनको कारलाई ठक्कर दियो । दुर्घटनामा पवित्राको घटनास्थलमै मृत्यु भएको थियो ।

उनका काका र चालक गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार राति १ बजे महबुबनगर जिल्ला नजिक यो दुर्घटना भएको हो ।

दुर्घटनाका कारण साउथ फिल्म उद्योग स्तब्ध भएको छ । अभिनेता समिप आचार्यले पवित्राको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पवित्राले कन्नड टिभी उद्योगको सिरियल ‘जोकाली’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । २०१८ मा, उनले तेलुगु टिभी उद्योगमा ‘निन्ने पेल्लादथा’शो बाट डेब्यु गरेकी थिइन् । उनले टिभी सिरियल तिलोत्तमाबाट घरेलु पहिचान पाएकी थिइन् । पवित्रा धेरै कन्नड टेलिभिजन शृंखलाका लागि परिचित थिइन् । यस बाहेक उनले धेरै भाषाका टिभी शो र फिल्महरूमा पनि काम गरिन् ।