२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दन नेपाली कांग्रेसले नारावाजी गरेको छ ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र सुनाउँदै गर्दा कांग्रेसका सासंदले नारावाजी गरेका हुन् ।

सभामुखले पत्र पढेर सुनाउन दिन आग्रह गर्दा पनि कांग्रेसका सांसदहरु रोकिएनन् । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।

छानविन समिति बन्नुपर्ने भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।