• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल



रसुवा । नेकपा (एमाले)को नवौं रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्वा लामा, उपसचिवमाद्वय चमेली गुरुङ, र सुकबहादुर तामाङ रहनुभएको छ ।

यसैगरी सदस्यमा भवानीप्रसाद न्यौपाने, हेमनाथ खतिवडा, अम्बिका पौडेल, बेली बुलुन, प्रतिमा लामा, नवीना लामा, कुमार नगरकोटी, विष्णुप्रसाद पौडेल लगायत रहनुभएको छ ।

यसैगरी लेखा आयोगका संयोजकमा गोविन्द घिमिरे चयन हुनुभएको छ । यही वैशाख २२ गते पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

जिल्ला कमिटीको सबै पद सर्वसम्वतले चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।