• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

राजस्थानले ९ वर्षसम्म दिल्लीमा जित्न सकेको छैन, आज के गर्ला ?



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५६ औं खेलमा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ ।

खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा हुनेछ । यो सिजन दुई टोलीबीचको दोस्रो खेल हुनेछ । पछिल्लो खेलमा राजस्थान १२ रनले विजयी भएको थियो ।

आज यो सिजन आरआरको ११ औं खेल हुनेछ । टोली १० मध्ये ८ जित र २ हारमा १६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, दिल्लीले सिजनमा १२ औं खेल खेल्नेछ । ११ मध्ये ५ जित र ६ पराजयपछि १० अंकसहित दिल्ली छैटौं स्थानमा छ ।

आईपीएलमा हालसम्म राजस्थान र दिल्लीबीच २८ खेल भएका छन् । दिल्लीले १३ र राजस्थानले १५ मा जित हासिल गरेको छ । दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा यी दुई टोलीबीच अहिलेसम्म ८ वटा खेल भइसकेका छन् ।

डीसीले ५ र आरआरले ३ खेल जितेको छ । दुवै टोलीले पछिल्लो पटक २०१९ मा यहाँ भेटेका थिए । त्यसमा दिल्लीले जितेको थियो । राजस्थानले पछिल्लो पटक २०१५ मा यहाँ खेल जितेको थियो । त्यसपछि दुई खेल खेले र दुवै खेल दिल्लीले जित्यो ।

दिल्लीमा ऋषभ पन्तका अलावा ट्रिस्टन स्टब्स र ज्याक फ्रेजर–मगार्च पनि फर्ममा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । पन्त ३९८ रन बनाएर टिमका सर्वाधिक स्कोरर बनेका छन् । बलिङमा मुकेश कुमार १३ विकेटसहित शीर्ष स्थानमा छन् ।

राजस्थानका तर्फबाट चौथो नम्बरमा ब्याटिङ गरेका रियान पराग सर्वाधिक स्कोरर हुन् । उनले १० खेलमा ४०९ रन बनाएका छन् । जसमा ४ अर्धशतक समावेश छ । टिमका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १३ विकेट लिएका छन् ।