• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

आगलागीमा करोडौँको क्षति



बरहथवा । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो । आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हँुदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ ।

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा क्षतिको विवरण आँकलन गरिएको थियो । आगलागीबाट ५७ स्थानीयको घर पूर्णरुपमा खरानी भएको र चार जनाको पक्की घरमा आङ्शिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट स्थानीयको दुई मोटरसाइकल, एउटा ट्याक्टरसमेत जलेको छ । विष्णु –१ शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो लागेको सो आगो रातिमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहँु तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ । आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो ।

तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ । यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ । बासको लागी विद्यालयमा प्रबन्ध गरिएको विष्णु –१ का वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो । धेरै पीडितले गएराती घर डढेकै स्थान नजिकै रात बिताएका थिए

पीडितका लागि तत्काल विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडावर्तन, ओड्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिनुभयो । पीडितको दीर्घकालिन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उहाँको भनाइ छ । रासस