२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना



अ+ अ-

काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीलाई नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ ।

विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रबार शुभकामना तथा बिदाइ गरिएको हो । पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्नेछन् ।

उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो । कार्यक्रममा करण केसी र सागर ढकाल भने अनुपस्थित रहे ।