• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँच टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थप गरिएको छ । विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।

योसँगै वेस्ट इन्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० सदस्य भएका छन् । क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो ।

यस पाँच म्याचको सिरिजपछि टी–२० विश्वकप खेल्ने अन्तिम टिम तय गरिनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र अन्तिम तथा पाँचौ ४ मे मा हुने छ । टियु मैदानमा हुने सिरिजका सबै खेल सवा १२ बजेदेखि शुरु हुनेछन् ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम ।