• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धरौटीमा रिहा भएलगत्तै दीपेश पुनलाई नियन्त्रणमा लिएको छ । सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका पुन शुक्रबार धरौटीमा रिहा भएका थिए ।

दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सिआईबीको जिम्मा लगाइएको बताइएको छ ।

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले उनी कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनी पक्राउ परेको स्रोतले जनाएको छ ।