• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ?



गृह मन्त्रालय

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा पठाइएको छ । यस्तै, विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखमा ल्याइएको छ ।

उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिँदा परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा उपत्यका अपराध कार्यालयमा आएका छन् ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ भने कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।