• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सुहाङ,अब संसद भवनमै भेटौँला भन्दै इलामबाट बिदा भए ओली



इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ का उम्मेदबार सुहाङ नेम्वाङलाई संसद भवनमै भेटौँला भन्दै चुनाबी अभियानबाट फिर्ता हुनु भएको छ ।

आज आयोजित चुलाचुलीको सभामा अध्यक्ष ओली सहित एमाले र माओबादीका नेताहले सम्बोधन गर्नुभएको थियो ।

उहाँले लेख्नु भएको छचुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि – सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद भवनमै भेटौँला !!