५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
अ+ अ-

महोत्तरी । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो ।

मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो । बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

बोयर जातका उन्नत बीउ बोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आपूmहरूको अम्दानी बढ्ने महिला किसान बताउँछन् । “अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउने छन्, यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ”, बीउ बोका पाएपछि मटिहानी–१ की बाख्रापालक महिला किसान हीरा सहनी भन्नुहुन्छ, “यसले हाम्रो आर्थिक अवस्थामा सुधार हुनेछ ।”

हीराजस्तै मटिहानी–३ आवर बस्तीकी ललितादेवी र मटिहानी–५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बीउ बोका पाएपछि अब आफ्ना गोठमा जन्मने पाठापाठी चाँडै बढ्ने, खदिलो मासु भएका र बढी तौलका हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । नगरक्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमश: बीउ बोका प्रदानको कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवले बताउनुभयो ।

यो कार्यक्रमले गरिब वर्गका किसानले आर्थिक उपार्जनमा थप अवसर बढाउने नगरप्रमुख मण्डल बताउनुहुन्छ । पशुपालनमात्र नभई नगरक्षेत्रमा मखान खेती गर्ने, अन्नबाली, तरकारी, दलहन र तेलहन बाली लगाउँदै आएका किसानलाई बीउ, मलदेखि खेतीमा आवश्यक प्राविधिक सहयोग र बजारीकरणमा पनि सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ । रासस