१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका सीडीओको बैठक बस्दै, नयाँ आदेश जारी गर्ने तयारी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरूको आज संयुक्त बैठक बस्दै छ ।

कोरोनाको न्युनीकरणका लागि सवारीसाधनमा जारी जोरबिजोर प्रणाली र संक्रमणको समीक्षा गरी नयाँ आदेश जारी गरिने बुझिएको छ ।

बैठक दिउँसो ३–४ बजे बस्नेछ । जोरबिजोरले सार्वजनिक सवारीमा बढाएको भिडभाडको गुनासोबारे छलफल भइरहेको छ । 

सर्वसाधारणलाई सहजीकरण गरी भिडभाड कम गर्ने गरी नयाँ आदेश जारी गर्ने बैठकको तयारी छ ।