• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

कोलकाताका कप्तान श्रेयस अय्यरलाई १२ लाख जरिवाना



एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)का कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । मंगलबार कोलकातामा राजस्थान रोयल्स (आरआर)विरुद्धको खेलमा स्लो ओभर रेटका कारण अय्यरलाई जरिवाना गरिएको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल)ले बुधबार यो जानकारी दिएको छ । आईपीएलको १७ औँ सिजनमा मंगलबार कोलकाता नाइट राइडर्स राजस्थान रोयल्ससँग २ विकेटले पराजित भयो । इडेन गार्डेन स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो ।

कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

आईपीएल अधिकारीहरूले यो सिजन कोलकाताको टोलीको पहिलो गल्ती भएकोले आईपीएलको आचारसंहिता अनुसार न्यूनतम सजाय दिइएको बताएका छन् ।

२० औं ओभरमा राजस्थानलाई जितका लागि ९ रन आवश्यक थियो । केकेआर टोली निर्धारित समयमा ओभर पूरा गर्न पछि परेको थियो । जसका कारण अन्तिम ओभरमा अय्यरले ५ को सट्टा ४ खेलाडी मात्रै बाउन्ड्रीमा पठाउन सके ।