२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईदमा उपराष्ट्रपति यादवको शुभकामना– राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ बनोस् भन्ने कामना



file photo
अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मालम्बीहरुको महान पर्व ‘ईद–उल–फित्र’ को शुभकामना दिनुभएको छ ।

उपराष्ट्रपति यादवले आज शुभकामना सन्देश जारी गर्दै देश र विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास/व्रत पुरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँदछन् । रमजानलाई अल्लाहको रहमत महिनाको रुपमा पनि चिनिन्छ । रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा (उपवास) बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ । रमजानको महिनामा मुस्लिम समुदायहरुले मन र शरीरका लागि अशुद्ध मानिएका वस्तुहरुबाट टाढा बस्ने दृढ प्रयास गर्छन । यसले मानिसमा सकारात्मक भाव संचार गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’

उहाँले अगाडि भन्नुभएको छ– ‘नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासंग गला मिलाउँदै बधाई, शुभकामना र उपहारहरु साटासाट गरी मनाइने ‘ईद–उल–फित्र’ का दिन विशेष परिकारहरु बनाएर खाने र खुवाउने परम्परा छ । ईदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने चलन छ । साथै मानिसहरु आफ्नो श्रद्धा अनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि रही आएको छ । यसले यो पर्वको महत्व झनै बढाएको विश्वास व्यक्त गर्दछु ।’

खुशी, भाइचारा, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ पर्वले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश मात्रै दिँदैन गरीब र सहयोगको आवश्यकता रहेकाहरुलाई मद्दत गर्न समेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँदछ ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो । नेपालमा मनाइने यी र यस्ता पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दछु ।’

उहाँले ‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।