२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

ईदमा उपराष्ट्रपति यादवको शुभकामना– राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ बनोस् भन्ने कामना

ईदमा उपराष्ट्रपति यादवको शुभकामना– राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ बनोस् भन्ने कामना
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मालम्बीहरुको महान पर्व ‘ईद–उल–फित्र’ को शुभकामना दिनुभएको छ ।

उपराष्ट्रपति यादवले आज शुभकामना सन्देश जारी गर्दै देश र विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास/व्रत पुरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँदछन् । रमजानलाई अल्लाहको रहमत महिनाको रुपमा पनि चिनिन्छ । रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा (उपवास) बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ । रमजानको महिनामा मुस्लिम समुदायहरुले मन र शरीरका लागि अशुद्ध मानिएका वस्तुहरुबाट टाढा बस्ने दृढ प्रयास गर्छन । यसले मानिसमा सकारात्मक भाव संचार गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’

उहाँले अगाडि भन्नुभएको छ– ‘नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासंग गला मिलाउँदै बधाई, शुभकामना र उपहारहरु साटासाट गरी मनाइने ‘ईद–उल–फित्र’ का दिन विशेष परिकारहरु बनाएर खाने र खुवाउने परम्परा छ । ईदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने चलन छ । साथै मानिसहरु आफ्नो श्रद्धा अनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि रही आएको छ । यसले यो पर्वको महत्व झनै बढाएको विश्वास व्यक्त गर्दछु ।’

खुशी, भाइचारा, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ पर्वले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश मात्रै दिँदैन गरीब र सहयोगको आवश्यकता रहेकाहरुलाई मद्दत गर्न समेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँदछ ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो । नेपालमा मनाइने यी र यस्ता पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दछु ।’

उहाँले ‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।