• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क

भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँचको मृत्यु



नयाँदिल्ली । दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको थियो ।

बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् ।

घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पु–याइएको थियो ।

प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर बिस्फोट भई आगलागी भएको अनुमान गरिएकोे छ ।

प्रहरीका अनुसार बिस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो । भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्नेक्रम बढेसँगै कारखानामा बिस्फोटका घटना बढ्न थालेको पाइएको छ ।