२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

सडकमा निर्मित संरचना भत्काइँदै

सडकमा निर्मित संरचना भत्काइँदै
अ अ+ अ-

खलङ्गा । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् ।

जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा भत्काउन थालेका छन् । बजारको दीर्घकालका लागि आफूले निर्माण गरेका संरचना भत्काउन तयार रहेको स्थानीयवासी मुनबहादुर बुढाले बताउनुभयो । सडक चौडा गर्नका लागि राजमार्गमा निर्माण भएका संचरनालाई भत्काउने जानकारी दिएपछि स्थानीयवासीले आफ्नो घरटहरा भत्काउन सहमत भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । 

जुम्ला, कालिकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार भएकाले यहाँको विकास अनिवार्य छ । सो बजारको दीर्घकालीन विकासका लागि चौडा सडक बनाउन थालिएको हो । सडक डिभिजन प्रमुख भण्डारीले भन्नुभयो, “यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ । जोखिम कम गर्न र व्यवस्थित बजार निर्माणका लागि चौडा सडक बन्न थालेको हो ।”

सडक चौडा बनाउन कालिकोटका निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र बजार व्यवस्थापन समितिका पदाधिकारीबीच समन्वय भएको थियो । सोही सहमतिअनुसार स्थानीयवासी आफ्ना घरटहरा भत्काउन राजी भएका हुन् । सडकको मध्यभागदेखि साढे सात/सात मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कालिकोटको तिलागुफा नगरपालिका–१ मा पर्ने तीन जिल्ला जोड्ने केन्द्रविन्दु नाग्मबजार कालिकोट र जुम्लाको सीमावर्ती क्षेत्र पनि हो । 

कर्णाली राजमार्गको कालिकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रविन्दु पनि नाग्मबजार नै हो । यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हुँदै गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मवासीले आफैँले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।”

भौतिक संरचना भत्काइसकेपछि ३०० मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्र गर्ने तयारी शुरु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो बजारको सडक चौडा बनाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट रु एक करोड १७ लाख बजेट विनियोजन भएको छ । सडकको एक साइडमा ढल निकासका लागि नाला पनि निर्माण गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ  । रासस