२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

बन्दकर्ता र प्रहरीबीच जनकपुरमा झडप, प्रहरीबाट हवाई फायर, नेकपा नेता झा घाइते

बन्दकर्ता र प्रहरीबीच जनकपुरमा  झडप, प्रहरीबाट हवाई फायर, नेकपा नेता झा घाइते
अ अ+ अ-

काठमाडौं । जनकपुरधाममा प्रचण्ड माधव समूहको जुलुशमा प्रहरीले हमला गरेको बताइएको छ । आज आम हड्तालको आह्वान गरेको सो समूहका कार्यकर्ताहरुले बजार बन्द गराउन हिँडेका र त्यस क्रममा प्रहरीसँग झडप भएको बाइएको हो । 

प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको समाचारमा बताइएको छ। प्रहरीसँगको झडपमा परी नेकपाका प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएको प्राप्त समाचारमा जनाइएको छ । 

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले रोकेको थियो । त्यसपछि त्यहाँ झडप भएको थियो। यस क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।  

उनको टाउकोमा चोट लागेको बताइएको छ । झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। यसैबीच नेकपाका नेता विष्णु रिजालले जनकपुमा जुलुशको पछिबाट प्रहरीले दर्जनौँ राउण्ड गोली हानेको जनाएका छन् । 

उनले फेसबुक स्टाटसमा भनेका छन्, 'प्रहरीले त्यहाँ जुलुशको पछिबाट ५० औँ राउण्ड गोली चलाएको छ।'