२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

पाकिस्तानी दूतावासमा काश्मिर ऐक्यबद्धता दिवस

पाकिस्तानी दूतावासमा काश्मिर ऐक्यबद्धता दिवस
अ अ+ अ-

काठमाडौ । काठमाडौमा रहेको  पाकिस्तानी राजदूतावासले काश्मिरीहरूको जनमतसङ्ग्रहको चाहनाप्रति ऐक्यबद्धता जनाउँदै ऐक्यबद्धता दिवस मनाएको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत तोकिनुभएका सैद हैदर शाहले सात दशकभन्दा बढी समयदेखि समाधान नभएको काश्मिर विवाद जनमतसङ्ग्रहबाट समाधान गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति राष्ट्रसङ्घसमक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । 
उहाँले विश्व शान्ति र स्थायित्वका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका विश्व संस्थाले पनि आफ्नो उत्तरदायित्वबाट विमुख हुन नहुने विचार व्यक्त गर्दै काश्मिर समस्या समाधान गर्न अन्तरराष्ट्रिय समुदायको प्रभावकारी भूमिकाको अपेक्षा पाकिस्तानले गरेको बताउनुभयो । 

शन् १९४८ मा राष्ट्रसङ्घ सुरक्षा परिषद्ले काश्मिरमा जनमतसङ्ग्रह गराउने प्रस्ताव पारित गरेको तथा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वास्तविकता प्रस्तुत गर्दै उहाँले राष्ट्रसङ्घको पारित प्रस्ताव कार्यान्वयन हुनुपर्ने दोहो¥याउनुभयो । 

त्यसअघि काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मेहमुद कुरेसीले जारी गर्नुभएको सन्देश वाचन गरिएको तथा काश्मिरको पछिल्ला स्थिति झल्किने वृत्तचित्र प्रस्तुत गरिएको थियो । 


    
दक्षिण एशियाको शान्ति, विकास र स्थायित्वका लागि भारत पाकिस्तानबीचको विवाद चाँडो अन्त्य हुनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा पत्रकारको उपस्थिति थियो ।