• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   चीनमा बाक्लो कुहिरोको चेतावनी जारी ★   त्रिविमा रेक्टरमा केसी र रजिष्ट्रार रिजाल नियुक्त ★   एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा उपचार हुँदै ★   मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य ★   भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर ★   दिनेश कार्तिकलाई जिस्काउदै रोहितले भने: विश्वकप अझै बाँकी छ ★   कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’ ★   उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव ★   ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति

सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको छ: मन्त्री शर्मा



file photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताउनु भयो ।

उहाँले विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रुपमा मात्रै नभइ जनताको आवाज सरकारसमक्ष पुर्‍याउने माध्यमका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री शर्माले आम सञ्चार क्षेत्रको पुन: संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानून निर्माणमा जोड दिएको पनि उल्लेख गर्नुभयो । उहाँले हाल संसदमा रहेको सार्वजनिक सेवा प्रशारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रशारणमा रुपान्तरण हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेका छौँ । नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको छ । विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रुपमा मात्रै होइन, जनताको आवाज सरकारसमक्ष पुर्‍याउने रुपमा अघि बढाउन जरुरी छ ।’

‘सरकारी सञ्चारमाध्यमहरु सरकार र जनताका बीचका पुलका साधन बन्न सक्नुपर्छ । जनतको कुरा सरकारमा र सरकारले गरेका कुरा जनताको बीचमा पुर्‍याउने माध्यम बन्न सक्नुपर्छ । आम सञ्चार क्षेत्रकै पुन: संरचना गर्न खोजिरहेका छौँ । आम सञ्चार क्षेत्रको पुन: संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानून निर्माणमा जोड दिएका छाँै । हाल संसदमा रहेको सार्वजनिक सेवा प्रशारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रशारणमा रुपान्तरण हुने भएपछि अहिलेदेखि नै यसको तयारी थाल्नुपर्ने आवश्यकता छ ।’

मन्त्री शर्माले लोकतन्त्रका उपलब्धीको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले संविधानको मर्मअनुरुप धेरै जनपक्षिय र प्रगतिशिल कानून निर्माण गरेको तर कार्यान्वयन फितलो भएको भन्दै हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता आवश्यक रहेको बताउनु भयो ।