२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

चामलको मूल्य बढ्यो !

चामलको मूल्य बढ्यो !
अ अ+ अ-

वीरगञ्ज । कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन् । खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य केन्द्र मानिएको बारा र पर्साका उद्योगीले चामलको उत्पादन लागत ह्वात्तै बढेको बताए । नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार कोरोनाले धान उत्पादनमा परेको प्रभाव चामल उत्पादनमा देखा परेको छ ।

कोरोनाका कारण मल र सिँचाइको अभाव भएकाले धानको उत्पादन र गुणस्तर दुवै खस्किएको उद्यमीले बताए । भारतमा यो वर्ष धानको उत्पादन घटेको र मूल्य बढेकाले पनि चामल उत्पादनमा त्यसको असर देखिएको गुप्ताको भनाइ छ । नेपालमा चामल उत्पादनको खपत हुने आधाभन्दा बढी परिमाणको धान भारतबाट भित्रिन्छ । नेपालमा खाद्य संस्थाले धान खरीद गरेकाले पनि मूल्य बढेको उद्यमीहरूको भनाइ छ । संस्थानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँमा धान किनेको छ ।

उद्योगीले यो वर्ष अहिले नै सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय रुपैयाँसम्म तिरेर आयात गरेका छन् । गोरखनाथ धान २ हजार ८५० र जीरा बासमती ३ हजार ५० रुपैयाँ प्रतिक्वीन्टलमा खरीद भइरहेको उद्योगीहरूले बताए ।

धानको मूल्य बढ्नु र मलखाद र सिँचाइ नपाएका कारण धान कुट्दा कनिका बढी निस्किएको उद्यमीले बताए । ‘सामान्यतः ८ प्रतिशतसम्म कनिका आउनेमा यस वर्ष २२ देखि २५ प्रतिशतसम्म पुगेको छ । एक त धानको मूल्य नै बढेको छ, अर्कातिर कनिका बढी निस्किएपछि चामलको लागतमा चाप परेको छ,’ मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताको भनाइ छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।