२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै

एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै
अ अ+ अ-

काठमाडौँ । नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उहाँहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ । गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् । यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।

सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नुहुने उक्त क्षेत्रका १०१ वर्षीया एकल महिला गोरखा नगरपालिका–४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ हुनुहुन्छ । उक्त सम्मेलनमा  सहभागी हुन छ हजार ४९४ ले नाम दर्ता गराइसकेको सेनाले जनाएको छ । गण्डकी प्रदेश मुलुककै सबैभन्दा बढी भूपू सैनिक रहेको क्षेत्र हो । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको कार्यकालमा प्रदेशगतरूपमा एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ । सम्मेलनका क्रममा हिताधिकारीले दिएका रायसुझावका आधारमा सेनाले उनीहरुको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप र स्वारोजगार, सुविधा र सहुलियतका कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । 

मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भूपू सम्मेलन गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरु हुँदैछ । यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने हिताधिकारीको सुविधालाई ध्यानमा राखी मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले  सुन्नेछ भने उनीहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ । कोरोनाका कारण यस पटकको सम्मेलनमा हिताधिकारीको समावेशी प्रतिनिधिमूलक सहभागिता हुनेछ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छ ।