• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला



काठमाडौँ । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन्।

सोमबार दिउँसो होली पर्वको दिन कर्णाली पुलबाट हाम फालेका १७ जना पौडी खेल्न हाम फालेका थिए । तीमध्येका कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए ।

शाहीको शव तीन दिनपछि बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । उनको को शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो ।

पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।