• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री ★   निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर ★   रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु ★   तनहुँमा चलचित्र निर्माण कार्यशाला ★   निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री ★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? ★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

जेलमा रहेका टोपबहादुर रायमाझीलाई मुटुमा समस्या, अस्पताल भर्ना



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या आएपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको उपचार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। चिकित्सकहरुले रायमाझीलाई ४८ घण्टा निगरानीमा राख्नुपर्ने बताएका छन् ।

सुरुमा आकस्मिक कक्षमा राखेर उपचार गरिएकोमा थप उपचारको आवश्यक परेपछि रायमाझीलाई बेडमा भर्ना गरिएको हो । रायमाझीले यसअघि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराउँदै आएका थिए ।