• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा ★   खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन: मन्त्री श्रेष्ठ

आतंकवादी पक्राउ नपरेसम्म आक्रमण जारी रहन्छः इजरायल



REUTERS/Ronen Zvulun

एजेन्सी । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ ।

अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनुभएको छ । उहाँले आतंकवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने बताउनु भयो । फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गर्नुभएको थियो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै ७ सय बढी पक्राउ गरिएको छ ।