• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले के गर्ला ?



काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन बानेश्वरमा बैठक बिहान ११ बजे बस्ने छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

गत शुक्रबारको बैठकमा नेपाली कांग्रेसले बेल घेराउ गरेपछि बैठक प्रभावित भएको थियो । कांग्रेसले सहकारी अनियमिततामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद्मा अवरोध गरेको हो ।

आजको बैठकमा कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । तर सदन नै अबरुद्ध गर्ने तय भने भइसकेको छैन ।