• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेलगायतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पाण्डेविरुद्ध रु १४ लाख १७ हजार बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध रु १२ लाख ३६ हजार र सवइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध रु एक लाख ९१ हजार बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।