२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

प्रधानमन्त्रीको आक्रोशः सबै मिलेर टाउको काट्नै आउँदा समेत डराईन, अहिलेका धम्कीबाट पनि डराउँदिन

प्रधानमन्त्रीको आक्रोशः सबै मिलेर टाउको काट्नै आउँदा समेत डराईन, अहिलेका धम्कीबाट पनि डराउँदिन
अ अ+ अ-

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौती दिनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस–एमाले मिले तपाईको हालत के हुन्छ ? भनि काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्नुभएको थियो । जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर सरकार बनाएर देखाउन काँग्रेसलाई चुनौति दिनुभएको हो ।

उहाँले काँग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि काँग्रेस नेतृत्वलाई सचेत गराउनु भयो । ‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु–बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’ भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले आफू त्यसबाट दबाबमा नपर्ने पनि बताउनु भयो ।

उहाँले काँग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको लागि प्रश्ताव गरेको र आफूले गृहमन्त्री बनाउँदा बिरोध गरेर दोहोरो चरित्र देखाएको आरोप पनि लगाउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिलो पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ–तपाईहरु मिल्नुस् । सबै मिल्नुस । तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरी देश र जनताको पक्षमा, संविधानको रक्षामा पक्षमा, राष्ट्रियताको सुदृढिकरणको पक्षमा लडिराख्छ । तपाईहरुलाई लागेको छ–प्रचण्ड त्यसो भनेर डराउँछ भनेर ? नेपाली काँग्रेसका नेता साथीहरुलाई यदि यो लागेको छ भने सबै मिलेर तेरो हालत के हुन्छ भन्ने लागेको छ भने हिजो त तपाईहरु सबै मिलेर टाउको काटन खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नु हुन्छ–मिल्नुहोस् । तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र छन । आफ्नो हिसावकिताव राख्न । फाईदा हुन्छ भने मिल्ने हो । राजनीतिक रुपमा आफूलाई हित हुन्छ भन्ने देखियो भने त्यसले आफ्नो जनतामा प्रभाव विस्तार गर्न मद्दत पुग्छ भन्ने लाग्यो भने एक खालको गठबन्धन बन्ने हो । यदि त्यस्तो लागेको भने त्यो गठबन्धन छोडने हो । यो स्वतन्त्रता हर राजनीतिक दललाई छ । राजनीतिक दल जतिबेला मलाई अनौठो लाग्ने, सबभन्दा नमिठो लाग्ने कुरा के हो भने अहिले यहाँ पनि प्रश्न उठयो, प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो भनेर पनि उठयो । मलाई त थाहा छ नि त्यो कुरा पनि । तिनैलाई प्रधानमन्त्री बनाउन पनि हिडिराखेको कुरा देखिएकै छ । यति धेरै डबल स्टयाण्डरको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार । आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नु पर्छ । यस्तो डबल स्टयाण्डर चल्छ ? त्यसकारण म यदि ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले आज यहाँ हाम्रो माननीय पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नु भयो उहाँले एउटा मर्मको साथ । उहाँले प्रयोग गरेको बुझे मैले । र, उतापट्टी माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अव बोल्ने हो भन्नु भयो । बोल्नुस । म भन्छु–बोली फुकाउनुस् । बनाउनुस सहकार्य । माओवादी केन्द्र वा प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दवावमा पर्छ भन्ने भ्रम नराख्नुस् । मैले भने राजनीतिक दल सबै स्वतन्त्र छन आफ्नो हित र आफूले बुझेको राजनीतिक मुद्दा अनुसार देशको हित, जनताको हित कसरी हुन्छ भन्ने आफ्नो मान्यता अनुसार नै गठबन्धन बन्ने हो, टुटने हो । मैले अस्ती पनि संक्षिप्तमा तर मैले जानेसम्म सारगर्वित रुपमा र सटिक रुपमा मैले भन्ने कोशिस गरेको थिए–यो अहिलेको नयाँ गठबन्धन राजनीतिक कारणले बन्दैछ है भ्रम नपरोस । मैले धोका, बेइमानी, षडयन्त्र यस्ता केही पनि शब्द प्रयोग गरेको थिइन । मैले अघिल्लो गठबन्धनका नेताहरुलाई धन्यवाद भन्दै तर राष्ट्रको बृहत्ततर हितका निम्ति, संविधानको रक्षाको निम्ति र जनताको विकासको आकांक्षालाई सम्बोधन गर्न मलाई यतिबेला यसरी सजिलो पर्छ भन्ने लाग्यो । एक वर्षको अनुभव अन्तिमसम्म आउँदा राम्रो भएन भन्ने मलाई लाग्यो । मेरो पार्टीलाई लाग्यो, मेरो दललाई लाग्यो । मैले स्वतन्त्रतापूर्वक निर्णय गरेँ । म यो सम्मानित सदनमा यो कुरा पनि जानकारी गराउन चाहन्छु–मेरो अगाडि दुईटा मात्रै विकल्प देखेँ । पुरानो गठबन्धनलाई कन्टिन्यूउ गर्नु भनेको दिन काटने, काल पर्खनेजस्तो हुन लाग्यो । जुन कुरा माओवादी केन्द्रलाई र त्यसको अध्यक्षको नाताले मलाई स्विकार्य हुन सक्दैन्थ्यो । प्रधानमन्त्री बनिराख्ने, जेजे भएपनि भईराखोस । विकास भएन होस, नभएनि होस भन्न सक्दैन्थे मैले । त्यसकारण मैले मेरो दलका कुरा राखेँ । यात मैले अव राजीनामा दिनुपर्छ । मैले यो भन्दा अगाडि देशलाई लैजाने सम्भावना देखिन । त्यसकारण प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु भन्नुपर्नेछ । या मैले अर्को गठबन्धन बनाएर एकचोटी फेरि काम गर्ने सम्भावना छ भने मैले त्यता पहल गर्नुपर्नेछ भनेपछि हाम्रो दल सर्वसम्मत ढंगले नयाँ ंढंगले पहल गर्न जरुरी छ भन्ने निष्कर्षमा पुगेपछि बनेको गठबन्धन हो यो । त्यसकारण आवेगमा आएर पनि होइन, कसैलाई सरप्राइज दिने उद्देश्यले पनि होइन । सोचे, विचारेर, यो राष्ट्रको हित कसरी होला, जनताको विकास, समृद्धिको जुन आकांक्षा छ । त्यसलाई अधिकतम कसरी सम्बोधन गर्न सकिएला ? भन्ने उद्देश्यमा धेरै सोचविचार गरेर नै लिईएको फैसला हो । त्यसकारण अस्ती पनि, आज विहान प्रस्ताव प्रस्तुत गर्दैगर्दा पनि मैले राष्ट्रको बृहत्तर हित, जनताको विकासको आकांक्षा, समृद्धिको र सुशासनको आकांक्षालाई सम्बोधन गर्ने र संविधानको रक्षाको निम्ति मैले यो कदम चाल्न उचित छ भनेर यो कदम चालेको छु ।’

प्रधानमन्त्री दाहालले देशलाई वृहत्तर हितका लागि एमालेसहितको नयाँ गठबन्धन आफूले बनाएको पनि दोहोर्‍याउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर: रासस