• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री ★   दर्शकको साथ पाए नेपाली चलचित्रले ★   निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो ★   दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले ★   २५० रन जोगाउन पनि गाह्रो भन्दै ऋषभ पन्तले इम्प्याक्ट प्लेयरको नियममा प्रश्न उठाए ★   हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण ★   पीएसएलमा हिरो, आईपीएलमा जिरोः ल्यूक वुडको नाममा ‘लाजमर्दो’ कीर्तिमान ★   सर्वसाधारण भन्छन्– लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हो ★   नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर ★   इलाम अपडेटः डम्बरसँग मतान्तर घटाउँदै सुहाङ

प्रधानमन्त्रीको आक्रोशः सबै मिलेर टाउको काट्नै आउँदा समेत डराईन, अहिलेका धम्कीबाट पनि डराउँदिन



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौती दिनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस–एमाले मिले तपाईको हालत के हुन्छ ? भनि काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्नुभएको थियो । जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर सरकार बनाएर देखाउन काँग्रेसलाई चुनौति दिनुभएको हो ।

उहाँले काँग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि काँग्रेस नेतृत्वलाई सचेत गराउनु भयो । ‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु–बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’ भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले आफू त्यसबाट दबाबमा नपर्ने पनि बताउनु भयो ।

उहाँले काँग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको लागि प्रश्ताव गरेको र आफूले गृहमन्त्री बनाउँदा बिरोध गरेर दोहोरो चरित्र देखाएको आरोप पनि लगाउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिलो पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ–तपाईहरु मिल्नुस् । सबै मिल्नुस । तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरी देश र जनताको पक्षमा, संविधानको रक्षामा पक्षमा, राष्ट्रियताको सुदृढिकरणको पक्षमा लडिराख्छ । तपाईहरुलाई लागेको छ–प्रचण्ड त्यसो भनेर डराउँछ भनेर ? नेपाली काँग्रेसका नेता साथीहरुलाई यदि यो लागेको छ भने सबै मिलेर तेरो हालत के हुन्छ भन्ने लागेको छ भने हिजो त तपाईहरु सबै मिलेर टाउको काटन खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नु हुन्छ–मिल्नुहोस् । तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र छन । आफ्नो हिसावकिताव राख्न । फाईदा हुन्छ भने मिल्ने हो । राजनीतिक रुपमा आफूलाई हित हुन्छ भन्ने देखियो भने त्यसले आफ्नो जनतामा प्रभाव विस्तार गर्न मद्दत पुग्छ भन्ने लाग्यो भने एक खालको गठबन्धन बन्ने हो । यदि त्यस्तो लागेको भने त्यो गठबन्धन छोडने हो । यो स्वतन्त्रता हर राजनीतिक दललाई छ । राजनीतिक दल जतिबेला मलाई अनौठो लाग्ने, सबभन्दा नमिठो लाग्ने कुरा के हो भने अहिले यहाँ पनि प्रश्न उठयो, प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो भनेर पनि उठयो । मलाई त थाहा छ नि त्यो कुरा पनि । तिनैलाई प्रधानमन्त्री बनाउन पनि हिडिराखेको कुरा देखिएकै छ । यति धेरै डबल स्टयाण्डरको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार । आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नु पर्छ । यस्तो डबल स्टयाण्डर चल्छ ? त्यसकारण म यदि ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले आज यहाँ हाम्रो माननीय पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नु भयो उहाँले एउटा मर्मको साथ । उहाँले प्रयोग गरेको बुझे मैले । र, उतापट्टी माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अव बोल्ने हो भन्नु भयो । बोल्नुस । म भन्छु–बोली फुकाउनुस् । बनाउनुस सहकार्य । माओवादी केन्द्र वा प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दवावमा पर्छ भन्ने भ्रम नराख्नुस् । मैले भने राजनीतिक दल सबै स्वतन्त्र छन आफ्नो हित र आफूले बुझेको राजनीतिक मुद्दा अनुसार देशको हित, जनताको हित कसरी हुन्छ भन्ने आफ्नो मान्यता अनुसार नै गठबन्धन बन्ने हो, टुटने हो । मैले अस्ती पनि संक्षिप्तमा तर मैले जानेसम्म सारगर्वित रुपमा र सटिक रुपमा मैले भन्ने कोशिस गरेको थिए–यो अहिलेको नयाँ गठबन्धन राजनीतिक कारणले बन्दैछ है भ्रम नपरोस । मैले धोका, बेइमानी, षडयन्त्र यस्ता केही पनि शब्द प्रयोग गरेको थिइन । मैले अघिल्लो गठबन्धनका नेताहरुलाई धन्यवाद भन्दै तर राष्ट्रको बृहत्ततर हितका निम्ति, संविधानको रक्षाको निम्ति र जनताको विकासको आकांक्षालाई सम्बोधन गर्न मलाई यतिबेला यसरी सजिलो पर्छ भन्ने लाग्यो । एक वर्षको अनुभव अन्तिमसम्म आउँदा राम्रो भएन भन्ने मलाई लाग्यो । मेरो पार्टीलाई लाग्यो, मेरो दललाई लाग्यो । मैले स्वतन्त्रतापूर्वक निर्णय गरेँ । म यो सम्मानित सदनमा यो कुरा पनि जानकारी गराउन चाहन्छु–मेरो अगाडि दुईटा मात्रै विकल्प देखेँ । पुरानो गठबन्धनलाई कन्टिन्यूउ गर्नु भनेको दिन काटने, काल पर्खनेजस्तो हुन लाग्यो । जुन कुरा माओवादी केन्द्रलाई र त्यसको अध्यक्षको नाताले मलाई स्विकार्य हुन सक्दैन्थ्यो । प्रधानमन्त्री बनिराख्ने, जेजे भएपनि भईराखोस । विकास भएन होस, नभएनि होस भन्न सक्दैन्थे मैले । त्यसकारण मैले मेरो दलका कुरा राखेँ । यात मैले अव राजीनामा दिनुपर्छ । मैले यो भन्दा अगाडि देशलाई लैजाने सम्भावना देखिन । त्यसकारण प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु भन्नुपर्नेछ । या मैले अर्को गठबन्धन बनाएर एकचोटी फेरि काम गर्ने सम्भावना छ भने मैले त्यता पहल गर्नुपर्नेछ भनेपछि हाम्रो दल सर्वसम्मत ढंगले नयाँ ंढंगले पहल गर्न जरुरी छ भन्ने निष्कर्षमा पुगेपछि बनेको गठबन्धन हो यो । त्यसकारण आवेगमा आएर पनि होइन, कसैलाई सरप्राइज दिने उद्देश्यले पनि होइन । सोचे, विचारेर, यो राष्ट्रको हित कसरी होला, जनताको विकास, समृद्धिको जुन आकांक्षा छ । त्यसलाई अधिकतम कसरी सम्बोधन गर्न सकिएला ? भन्ने उद्देश्यमा धेरै सोचविचार गरेर नै लिईएको फैसला हो । त्यसकारण अस्ती पनि, आज विहान प्रस्ताव प्रस्तुत गर्दैगर्दा पनि मैले राष्ट्रको बृहत्तर हित, जनताको विकासको आकांक्षा, समृद्धिको र सुशासनको आकांक्षालाई सम्बोधन गर्ने र संविधानको रक्षाको निम्ति मैले यो कदम चाल्न उचित छ भनेर यो कदम चालेको छु ।’

प्रधानमन्त्री दाहालले देशलाई वृहत्तर हितका लागि एमालेसहितको नयाँ गठबन्धन आफूले बनाएको पनि दोहोर्‍याउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर: रासस