• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

काँग्रेसलाई माओवादीको जवाफः ‘उथलपुथल सक्नेले गर्ने हो’



photo: rss

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गर्नुभएको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरिजाप्रसाद कोईरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री दाहालले प्रयोग गरिरहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली काँग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताउनु भयो ।

सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ काँग्रेसलाई जवाफ दिनुभयो । काँग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाउनुभएको थियो । केही दिनअघि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिनुभएको थियो । सशस्त्र जनयुद्ध आवश्यकता भएकाले गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गिरिजाप्रसाद कोईरालाले ठिकै व्यक्ति छान्नुभएछ । अब यो देश सबै हिसावले तपाईंले सम्हाल्नुहोला भने कमरेड प्रचण्ड जो आजको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई जिम्मा लगाएको कुरा साचो हो । आज प्रधानमन्त्रीले उथलपुथल शब्दको प्रयोग गर्नुहुन्छ, कोही पनि आतंकित हुन जरुरी छैन । मान्यज्युहरु आतंकति हुन जरुरी छैन । गिरिजाप्रसाद कोईरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीज्युले प्रयोग गर्दै हुनुहुन्छ ।

अस्ति भर्खरको सम्मानित राष्ट्रपतिको निर्वाचनको बेलामा थियो होला नि त प्रधानमन्त्रीलाई अर्कै प्रश्ताव । तर राष्ट्रपति मिलेर गरौँ भनेर पहल गरेको कुरा बिर्सिनु भयो । शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउने कुरामा हामी सबैले हस्ताक्षर गरेका छौँ । हामी धेरै अघि बढिसकेका छौँ । त्यो कोर्समा प्रवेश गरेका छौँ । त्यो कोर्स सबै मिलेर पूरा गर्नुछ ।

यो बेलामा माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर यो दस्ताबेज अहिलेको नेपाली काँग्रेसको दलमा छलफल भएको छ । हामीले सात सालमा नेपाली काँग्रेसलै बनाएको क्रान्ति सेनाका बारेमा त प्रश्न उठाएका छैनौँ । सशस्त्र जनयुद्ध पनि आवश्यकता थियो र गरियो । सक्नेले उथलपुथल गर्ने हो ।’

सांसद पौडेलले एजेण्डा र विषयमा मिल्नेहरुसँग मिल्दै जाने बताउनु भयो ।